आयोजक टोली ‘९ बि’ भलिबल प्रतियोगिताको विजेता

अत्तरिया-  गोदावरी नगरपालिका–१ अत्तरियास्थित न्यू सृजनशील युवा क्लबको आयोजनामा सम्पन्न वडा स्तरीय खुला भलिबल प्रतियोगिता २०८३ को उपाधि आयोजक टोली ‘९ बि’ ले जितेको छ ।

शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल आइतबार सम्पन्न भएको थियो । उपाधिका लागि आयोजक टोली ‘९ बि’ र गोदावरी नगरपालिका–१० बीच प्रतिस्पर्धा भएकोमा आयोजक टोलीले लगातार दुई सेट जित्दै च्याम्पियन बन्न सफल भएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

फाइनल खेलमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि आक्रामक खेल प्रस्तुत गर्दै २५–१८ को नतिजासहित जित हात पारेर उपाधि उचालेको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गोदावरी नगरपालिका–१० ले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हासिल गरेको आयोजकले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान र खेल संस्कृतिको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

Loading...