स्थानीय र प्रदेश सरकारको सहकार्यमा विकास सम्भव : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ ले सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

शनिबार धनगढीमा आयोजित ‘स्थानीय सरकार–अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै उनले सुदूरपश्चिम जलस्रोत, वन–जङ्गल र प्राकृतिक सुन्दरताले भरिपूर्ण प्रदेश भएकाले सबै मिलेर यसको विकासमा लाग्नुपर्ने बताए। उनले प्रदेश र स्थानीय सरकारले अन्य सरोकारवालासँग समन्वय गर्दै काम गरे सिङ्गो देशले नै प्रदेशबाट लाभ लिन सक्ने उल्लेख गरे।

Navadurga sun

प्रदेश प्रमुख मियाँले संविधानले स्थानीय, प्रदेश र सङ्घीय सरकारका अधिकार र जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको भन्दै सोहीअनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए। “सङ्घीयताको सफल कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक छ,” उनले भने।

‘असल अभ्यास, आशाको सञ्चार’ नाराका साथ आयोजित कार्यक्रममा सुदूरपश्चिमका ३० स्थानीय तहका उत्कृष्ट अभ्यास तथा उपलब्धिबारे जानकारी प्रस्तुत गरिएको थियो। कार्यक्रम सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, स्थानीय तहहरू तथा युनिसेफको सहकार्यमा आयोजना गरिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...