काठमाडौं- विगत केही साता लगातार घटेको सुनको भाउ आज बढेको छ । आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो ।






नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।





त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ११० रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।




