प्रतिभा सामुदायिक पुस्तकालयको अवलोकन

अत्तरिया, १५ कार्तिक– कैलालीकाे अत्तरियामा रहेकाे प्रतिभा सामुदायिक पुस्तकालयकाे अवलाेकन गरिएकाे छ । नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र कुमार झा, तुलबहादुर साउँद, महासचिव बोधकृष्ण सुवेदी, उपाध्यक्ष हरिशंकर ठाकुर, अत्तरिया उपशाखा सभापति हरिप्रसाद ओझा, सचिव रतनबहादुर कार्की, सदस्य लल्लनकुमार चौवे लगायतका महानुभावहरुले सोमबार अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको अवलोकन गरेका छन् ।

पुस्तकालय अवलोकन पछि वरिष्ठ उपाध्यक्ष शैलेन्द्रकुमार झालाई नेपाल भारत मैत्री संघमा आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका संस्थाका अध्यक्ष पुष्पराज जोशीले प्रतिभा सामुदायिक पुस्तकालयको मुखपत्र प्रतिभा अङ्क-२ हस्तान्तरण समेत गरेका थिए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...