पश्चिमी वायुको प्रभाव : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशको हिमाली भूभाग तथा कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।

Navadurga sun

आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि आंशिक बादल रहने अनुमान छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, बुधबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

ADD Khali jpg
Loading...