धनगढी- पाँचौं राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८३ अन्तर्गत विभिन्न १४ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। सुदूरपश्चिमको कला, संस्कृति, भाषा, संगीत तथा देउडा गीतसंगीतको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यसहित आयोजना हुन लागेको अवार्डका लागि आयोजकले विभिन्न विधामा उत्कृष्ट पाँचको नामावली सार्वजनिक गरेको हो।




सार्वजनिक मनोनयनमा देउडा गीत, पुरुष तथा महिला गायन, नवगायन, गीत सिर्जना, म्युजिक भिडियो अभिनय, निर्देशन, छायाङ्कन, भाषाभाषी गीत तथा कला पत्रकारितालगायतका विधा समेटिएका छन्।





अवार्डका लागि सार्वजनिक गरिएको १४ विधाको उत्कृष्ट पाँच मनोनयन तथा गीतहरूको नामावली यसप्रकार छ :
१. सर्वोत्कृष्ट देउडा गीत


१. गली परान
२. मनको कुरा नलाउ माया
३. काठमाडौं बस्याकी
४. देउडा खेलु आस
५. हानेर नजरको तिर
२. सर्वोत्कृष्ट देउडा गीत गायन (पुरुष)
१. भरत भट्ट – पहिलो माया आमाबुवा
२. सेरी औजी – हाइ सेन्डल
३. धनिराम गिरी – पाँच तिया १५
४. गोपाल दयाल – बैना तेरा आँगन
५. गणेश सिंह – गली परान
३. सर्वोत्कृष्ट देउडा गीत गायन (महिला)
१. गौरी भट्ट – छम्कली बौजु
२. शान्ति शाही – छम घुमरु
३. लक्ष्मी नेपाली – लैलै
४. इब्सल सन्ज्याल – घर मेरो सुदूरपश्चिम
५. कल्पना मल्ल – सुनको गजुर
४. सर्वोत्कृष्ट देउडा गीत नवगायन (पुरुष)
१. सम्मान जप्रेल – सुन फुल्न्या सुनकोशी
२. यज्ञराज गिरी – पाँच तिया १५
३. रोहित देउबा – गैरी खेत रोपाई
४. रोहित बिष्ट – काठमाडौं बस्याकी
५. दिनेश नेपाली – माया जुगैभरि
५. सर्वोत्कृष्ट भाषाभाषी गीत नवगायन (महिला)
१. हरिना नाथ – घरचल घरचल
२. शान्ति धामी – क्या हाली सुवाले जादु
३. अन्जु विश्वकर्मा – नजरको तिरैले
४. निर्मला टीआर – बाँसुरीका धुन
५. कञ्चन बराल – माया ल्याउँ कि जुनीजुनी
६. सर्वोत्कृष्ट देउडा सर्जक
१. सुदर्शन थापा – क्या हाली मायाले जादु
२. टेक ए – मेरो कोही छ भयो
३. लक्ष्मण बोगटी – मायाको संसार
४. हरिस भट्ट – मेरो १२ बजाई
५. धनराम गिरी – रामशिलाको पानी
७. सर्वोत्कृष्ट म्युजिक भिडियो अभिनय (पुरुष)
१. दीपक साउद – चम्कली बौजु
२. राजकुमार सिंह – लैलै
३. शिवराज बोहरा – साइपालामा घाम
४. प्रकाश मल्ल – साली भिना
५. घायल दिल – मेरो १२ बजाई
८. सर्वोत्कृष्ट म्युजिक भिडियो अभिनय (महिला)
१. कल्पना लेखक – गली परान
२. निरुता बिष्ट – सुटुक्क मन चोरी लैगै
३. बबीसिंह ठकुरी – गया दिनकी सौराई
४. रेश्मा बिष्ट – सुन फुल्न्या सुनकोशी
५. रिवान्ता बोहरा – तेरा जसा बैस
९. सर्वोत्कृष्ट म्युजिक भिडियो नवअभिनय (पुरुष)
१. वीर बोहरा – सुवा तेरो निम्ति
२. गणेश सिंह – गली परान
३. दशरथ जप्रेल – हाँसी खुसी जिन्दगी
४. उमेश भट्ट – यो मन
५. गोपाल अवस्थी – सुनचाँदी हिराको
१०. सर्वोत्कृष्ट म्युजिक भिडियो नवअभिनय (महिला)
१. आरती शाह – दर्शन पाया बल्ल
२. अस्मिता कुँवर – मखमली फूल जसी
३. रेखा भट्ट – आउनु जानै बन्द
४. आरिया धामी – सालीभेना
५. पूजा धामी – दोश्रो माया तुई छै
११. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन
१. प्रकाश मल्ल – नर्क
२. दीपक पन्त – काठमाडौं बस्याकी
३. विवेक थापा कमल – दोश्रो माया तुई छै
४. मासुम बिष्ट – तम्रै मायाले
१२. सर्वोत्कृष्ट भाषाभाषी गीत मोडल (महिला)
१. निलम साउद – तिम्रो माया
२. आरोही चन्द – बर्दियाको बाघ
३. सरस्वती शेट्टी – धौली
४. मेनुका क्षेत्री – परदेशी हरायो
५. शिखा भट्ट – तम्रै मायाले
१३. सर्वोत्कृष्ट म्युजिक भिडियो छायाङ्कन
१. ओमप्रकाश अवस्थी – नपाइने सिलिन्डर
२. जहित बुढा – पिरती लाउ भन्या
३. प्रकाश बिसी – महिना गया ढल्की
४. पदम जोशी पीआर – लाखौँ तारा
५. रवि औजी – दीक्षा नानी
१४. सर्वोत्कृष्ट कला पत्रकारिता
१. अनिल पन्त
२. लोकु सिंह ठकुरी
३. प्रकाश भट्ट
४. लोकेन्द्र ओझा
५. डीआर भट्ट
आयोजकका अनुसार यस अवार्डले सुदूरपश्चिमको मौलिक कला, संस्कृति, देउडा संगीत, स्थानीय भाषा तथा सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि., कैलाली र बाडुल्की मिडिया हाउस प्रा.लि., कञ्चनपुरको संयुक्त आयोजनामा हुन लागेको पाँचौं राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८३ ले सुदूरपश्चिमको सांगीतिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




