अत्तरिया उद्योग वाणिज्य संघद्वारा दसैँ, तिहार र छठको शुभकामना आदानप्रदान

अत्तरिया- कैलालीको अत्तरियामा अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष कमल कडायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व अर्थ राज्यमन्त्री प्रकाशबहादुर बम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Navadurga sun

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बमले चाडपर्वले आपसी सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै सामाजिक सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

त्यस्तै, संघका अध्यक्ष कडायतले उद्योगी व्यवसायीहरूको हकहित संरक्षण तथा प्रवर्द्धनका लागि अत्तरिया उद्योग वाणिज्य संघ सदैव तत्पर रहेको बताए।

कार्यक्रममा सहभागीहरूले नेपालीहरूका महान् चाड दसैँ, तिहार तथा छठ पर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...