काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।


अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
