गोदावरी–१० मा पोषण लेखाजोखा कार्यक्रम सञ्चालन हुने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा गर्भवती, सुत्केरी महिला तथा ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाको स्वास्थ्य तथा पोषणसम्बन्धी अवस्था पहिचान गर्न पोषण लेखाजोखा कार्यक्रम सञ्चालन हुने भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर १० र याक नेपालको संयुक्त आयोजनामा खमौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रअन्तर्गत कार्यक्रम सञ्चालन गर्न लागिएको हो। स्वास्थ्यकर्मीमार्फत सम्बन्धित स्थानमा पुगेर गर्भवती, सुत्केरी महिला तथा ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा गरिने जनाइएको छ।

Navadurga sun

वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम २०८३ साल असाेज १९ गतेदेखि २३ गतेसम्म विभिन्न स्थानमा सञ्चालन हुनेछ।

कार्यक्रमअन्तर्गत असोज १९ गते आदर्श बालविकास भवन खमौरा, असोज २० गते दमौरा गाउघर क्लिनिक भवन मिलनचोक दमौरा, असोज २१ गते सितापुर गाउघर क्लिनिक भवन सितापुर, असोज २२ गते पुरानो शंकर आ.वि. प्राङ्गण, चाक्लेखोला र असोज २३ गते खमौरा आधारभूत स्वास्थ्य सेवा केन्द्र खमौरा मा पोषण लेखाजोखा गरिनेछ।

कार्यक्रम प्रत्येक दिन बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

वडा कार्यालयले सम्बन्धित सरोकारवाला तथा वडावासीलाई आफूलाई पायक पर्ने स्थानमा गई सेवा लिन आग्रह गरेको छ। कार्यक्रममार्फत बालबालिका तथा आमाको पोषण अवस्थाबारे आवश्यक जानकारी संकलन गरी स्वास्थ्य तथा पोषण सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै स्वास्थ्यकर्मीको सम्पर्क नम्वर ९८६५५६७०८४ र ९८६८७९२६३५ रहेको सूचनामा उल्लेख गरिएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...