डडेलधुरामा २४ घण्टा सवारीसाधन सञ्चालनमा पूर्ण रोक

डडेलधुरा- जिल्ला प्रशासन कार्यालय डडेलधुराले जिल्लाभर लामो तथा छोटो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी वेदराज फूयलले शनिबार बिहान सूचना जारी गर्दै असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म जिल्लाभर सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन्।

Navadurga sun

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो यातायात सञ्चालनसम्बन्धी सूचनाअनुसार डडेलधुरा सतर्कता अपनाउनुपर्ने वर्गमा परेको प्रशासनले जनाएको छ। डडेलधुराका पूर्व, उत्तर र दक्षिणतर्फ रहेका जिल्लाहरू जोखिम तथा अति जोखिमको अवस्थामा रहेकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।

डडेलधुरामा शुक्रबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सडक तथा यातायातमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनले रोक लगाइएको अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परे जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...