डडेलधुरा मेडिकल कलेजमा विभिन्न शैक्षिक पदमा करार सेवाका लागि आवेदन खुला

सह–प्राध्यापक, उपप्राध्यापक र प्रशिक्षक गरी १२ पदमा दरखास्त आह्वान

डडेलधुरा- सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालय डडेलधुराले डडेलधुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदमा करार सेवामार्फत पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ।

सङ्कायले सोमबार पहिलोपटक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट विभिन्न विषयका लागि आवेदन माग गरेको हो।

Navadurga sun

सूचनाअनुसार सह–प्राध्यापक पदमा फार्माकोलोजी, माइक्रोबायोलोजी र फिजियोलोजी विषयका लागि एक–एक जना माग गरिएको छ।

त्यस्तै उपप्राध्यापक पदमा माइक्रोबायोलोजी, बायोकेमेस्ट्री, एनाटोमी र पब्लिक हेल्थ विषयका लागि एक–एक जना आवश्यक रहेको जनाइएको छ। यसैगरी नर्सिङ साइन्स र ल्याबोरेटरी विषयमा एक–एक जना प्रशिक्षक पदका लागि समेत आवेदन खुलाइएको छ।

इच्छुक तथा योग्य आवेदकले २०८३ असोज १२ गतेसम्म कार्यालय समयभित्र स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालय डडेलधुरामा स्वयं उपस्थित भएर वा अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।

दरखास्त फाराम सङ्कायको आधिकारिक वेबसाइट medicine.fwu.edu.np बाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।

आवेदनका लागि १ हजार ५ सय रुपैयाँ दरखास्त दस्तुर तोकिएको छ। उक्त रकम सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय डीन कार्यालय डडेलधुराको नाममा रहेको नबिल बैंकको चल्ती हिसाब नम्बर २६८०१०१७५०००७८ मा जम्मा गरी सोको भौचर दरखास्तसँग पेस गर्नुपर्नेछ।

आवेदनका साथ प्रवेशिकादेखि माथिका सबै शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो, नेपाली नागरिकताको प्रमाणपत्र तथा व्यक्तिगत विवरण दुई प्रति संलग्न गर्नुपर्नेछ।

सङ्कायका अनुसार लिखित परीक्षाको मिति पछि प्रकाशित गरिनेछ। त्यस्तै आवेदन तथा पदपूर्तिसम्बन्धी आवश्यक सम्पर्कका लागि २०८३ असोज १५ गते सम्पर्क मिति तोकिएको छ।

डडेलधुरा मेडिकल कलेजको शैक्षिक जनशक्ति व्यवस्थापनका लागि खोलिएको उक्त विज्ञापनमा सम्बन्धित विषयमा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले निर्धारित समयभित्र आवेदन दिन सङ्कायले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...