भदौ २३ गते ‘जेनजी शहीद दिवस’, देशभर सार्वजनिक बिदा

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं- सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी शहीद दिवस’ मनाउन सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Navadurga sun

सरकारका अनुसार गत वर्ष भदौ २३ गते काठमाडौंलगायत देशका विभिन्न स्थानमा जेनजी आन्दोलन भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा सरकारले यसअघि नै भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरिसकेको थियो।

यसअघि सरकारले गत वर्ष भदौ २३ र २४ गते जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको थियो। यस वर्ष भने भदौ २३ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको योगदानको सम्मान तथा उनीहरूको स्मरणमा दिवस मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...