सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व नियुक्त

अत्तरिया- कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व नियुक्त गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. जोशीलाई उपकुलपति तथा डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेश गरेपछि नियुक्तिको घोषणा गरिएको हो।

Navadurga sun

मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रका विज्ञहरूको मूल्यांकनका आधारमा सिफारिस प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको बताए। उनले नवनियुक्त नेतृत्वको कार्यकालमा यसै वर्षदेखि विश्वविद्यालयमा पठनपाठनसहित शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन हुने विश्वास व्यक्त गरे। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनअनुसार योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...