अत्तरिया उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन, अध्यक्षमा कमल कडायत

अत्तरिया- कैलालीको अत्तरियास्थित अत्तरिया उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन भएको छ। सङ्घको हालै सम्पन्न निर्वाचन प्रक्रियाबाट नयाँ पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका हुन्।

नयाँ कार्यसमितिको अध्यक्ष पदमा कमल कडायत निर्वाचित हुनुभएको छ। उहाँको नेतृत्वमा सङ्घले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पाएको हो।

Navadurga sun

सङ्घको तीनवटा उपाध्यक्ष पदहरूमा क्रमशः धनादेवी चोखाल (उपाध्यक्ष–उद्योग), गणेश बोहरा (उपाध्यक्ष–वाणिज्य), र वासुदेव पन्त (उपाध्यक्ष–वस्तुगत) निर्वाचित हुनुभएको छ।

त्यसैगरी, सङ्घको मुख्य प्रशासनिक तथा आर्थिक जिम्मेवारीमा महासचिव पदमा गम्भिर साउँद, कोषाध्यक्ष पदमा दिपेन्द्रराज अवस्थी र सचिव पदमा धिरेन्द्र बोहरा चयन हुनुभएको छ।

कार्यसमितिको सदस्यहरूमा शेखर पनेरु, घनश्याम जोशी, डिल्ली राज ओझा र लक्ष्मीराज ओझा निर्वाचित हुनुभएको छ।

नयाँ नेतृत्व आएसँगै अत्तरिया क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको हकहित र स्थानीय आर्थिक विकासले थप गति लिने विश्वास लिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...