अत्तरिया- गोदावरी नगरपालिका वडा नं. १० को कार्यालयले वडामा स्थायी रूपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई भोली शुक्रबार कुर्सी वितरण गर्ने भएको छ। आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडा कार्यालयले यो कार्यक्रमको आयोजना गर्न लागेको हो।



वडा कार्यालयले एक सूचना जारी गर्दै कुर्सी वितरण कार्यक्रम भोली शुक्रबार बिहान ९ बजे देखि वडाको कार्यालय भवनमा वितरण गरिने जनाइएको छ । अपाङ्गता परिचय पत्र प्राप्त गरिसकेका वडाबासीहरूलाई आवश्यक कागजातसहित उपस्थित भई सामान बुझिलिन अनुरोध गरेको छ।


आवश्यक पर्ने कागजातहरू:

सामान लिन आउँदा सम्बन्धित व्यक्ति वा उनका प्रतिनिधिले निम्न कागजातहरू साथमा ल्याउनुपर्ने वडा कार्यालयले जनाएको छ:
१. अपाङ्गता परिचय पत्रको कार्ड
२. संरक्षकको हकमा अपाङ्गता भएका व्यक्तिसँग नाता खुल्ने कागजात वा प्रमाण
वडा अध्यक्ष रविन्द्र शाहीद्वारा हस्ताक्षरित उक्त सूचनामा सम्पूर्ण सरोकारवाला अपाङ्गता भएका व्यक्तिहरूलाई समयमै उपस्थित भई यस कार्यक्रमबाट लाभ लिन जानकारी गराइएको छ।





