आजको मौसम : देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान गरिएको छ।

Ganyapdhura gau

हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका साथै देशका पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आज (बिहीबार) देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना पनि रहेको छ।

यस्तै, लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

यसैबीच, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Couple
Loading...