सुदूरपश्चिमको एकमात्र आवासीय समावेशी विद्यालयमा सहायक सामग्री वितरण

गोदावरीमा २० लाख बराबरका सहायक सामग्री वितरण, ३० जना अपाङ्गता भएका बालबालिका लाभान्वित

अत्तरिया-  अम होङगिल हुमन फाउन्डेसन (कोरिया) को सहयोग, राष्ट्रिय अपाङ्ग कोष काठमाडौंको समन्वय तथा गोदावरी नगरपालिकाको सहकार्यमा सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयको आयोजनामा शनिबार सहायक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेशको एकमात्र आवासीय समावेशी विद्यालयका रूपमा सञ्चालन भइरहेको उक्त विद्यालयमा हाल ८६ जना बालबालिका अध्ययनरत छन्। तीमध्ये आवश्यकताका आधारमा छनोट गरिएका ३० जना अपाङ्गता भएका बालबालिकालाई मापदण्डअनुसार करिब २० लाख रुपैयाँ बराबरका विभिन्न सहायक सामग्री हस्तान्तरण गरिएको हो।

Navadurga sun

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले अपाङ्गता भएका बालबालिकाको शिक्षा, पहुँच र जीवनस्तर सुधारका लागि यस्ता सहयोगले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा अम होङगिल हुमन फाउन्डेसन (कोरिया) का कन्ट्री डाइरेक्टर पर्क हि दोङ, प्रोग्राम म्यानेजर नीलम थापा, राष्ट्रिय अपाङ्ग कोष काठमाडौंका भीमा खतिवडा, गोदावरी नगरपालिकाका नगर प्रवक्ता गोपालदत्त भट्ट, शिक्षाविद् डा. डम्बर पाल, गोदावरी नगरपालिका–२ का वडा सदस्य डवल साउद, महिला नेतृ अनिता ढुंगाना, राष्ट्रिय अपाङ्ग कोषका रामजी लम्साल, साजन मानन्धर, लक्ष्मी राना मगर लगायत पत्रकार, अभिभावक, विद्यार्थी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहयोग गर्ने अम होङगिल हुमन फाउन्डेसन, राष्ट्रिय अपाङ्ग कोष तथा समन्वय र सहकार्यमा योगदान पुर्‍याउने सुल्टिङ शेर्पाप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...