कञ्चनपुरमा ६३ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउसहित ट्रक बरामद

कञ्चनपुर- कञ्चनपुरमा सशस्त्र प्रहरीले करिब ६३ लाख रुपैयाँभन्दा बढी मूल्यको तरबुजाको बीउ (वाटरमेलन सिड्स) सहित एक ट्रक बरामद गरेको छ।

Ganyapdhura gau

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा गुल्म गड्डाचौकी र देबिस्थानबाट खटिएको संयुक्त गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका–१ को फोरलाइन क्षेत्रबाट महेन्द्रनगरबाट दोधारातर्फ जाँदै गरेको ना ८ ख १९९४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जाँचका क्रममा ट्रकबाट २२० किलोग्राम तरबुजाको बीउ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको बीउको अनुमानित मूल्य ३३ लाख ३ हजार ४ सय रुपैयाँ रहेको छ भने ट्रकको मूल्य ३० लाख रुपैयाँ रहेको छ। दुवै गरी ६३ लाखभन्दा बढी मूल्य बराबरको सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Couple
Loading...