अत्तरिया– गोदावरी नगरपालिकाले ‘क्षयरोग मुक्त पालिका अभियान २०८२/०८३’ अन्तर्गत क्षयरोगका बिरामीहरूलाई पोषण सामग्री वितरण गरेको छ।




नगरपालिकाको स्वास्थ्य शाखा, अत्तरियाको आयोजनामा सम्पन्न कार्यक्रममा क्षयरोगका बिरामीहरूको पोषण अवस्था सुधार गरी उपचारलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पोषण सामग्री हस्तान्तरण गरिएको हो।


कार्यक्रममा नियमित औषधि सेवनसँगै पर्याप्त पोषणले क्षयरोगको उपचार सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले बिरामीहरूलाई पोषण सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले यस अभियानमार्फत बिरामीहरूको स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायमा क्षयरोग नियन्त्रण गर्दै ‘क्षयरोग मुक्त पालिका’ निर्माण गर्ने लक्ष्य रहेको जनाएको छ। साथै, क्षयरोगको समयमै पहिचान, नियमित उपचार र पोषणयुक्त खानपानमा ध्यान दिन पनि सबैमा आग्रह गरिएको छ।




