भाइको घर पहाड जान्छु भनेर निस्किएका ७५ वर्षीय शंकर दमाई बेपत्ता

लक्ष्मी भट्ट/अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–३, मालिका टोलका ७५ वर्षीय शंकर दमाई असार ९ गतेदेखि बेपत्ता भएका छन्।

Ganyapdhura gau

परिवारका अनुसार दमाई असार ९ गते बिहान करिब ८:१० बजे “भाइको घर पहाड जान्छु” भन्दै घरबाट निस्किएका थिए। त्यसयता उनी परिवारको सम्पर्कमा आएका छैनन् र घर पनि फर्किएका छैनन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनी बेपत्ता भएपछि उनका छोरा रामबहादुर दमाईले असार ११ गते प्रहरीमा खोजी गरिपाऊँ भन्दै निवेदन दर्ता गराएका छन्। प्रहरीले पनि उनको खोजी कार्य अघि बढाएको जनाएको छ।

परिवारले शंकर दमाईलाई कसैले देख्नुभएको वा उहाँको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा उनका छोरा रामबहादुर दमाईको सम्पर्क नम्बर ९७४३५०५९५७ मा जानकारी गराइदिन सबैमा अनुरोध गरेको छ।

परिवारले शंकर दमाईको सकुशल खोजीका लागि सबैको सहयोगको अपेक्षा गरेको छ।

Couple
Loading...