आजको मौसमः पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Navadurga sun

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशमा सामान्य बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले वर्षा र चट्याङबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...