विद्यालयमा विद्युत महसुल सहुलियतको माग गर्दै अपेनद्वारा विद्युत प्राधिकरणमा ज्ञापनपत्र

धनगढी- एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) सुदूरपश्चिम प्रदेश समितिले निजी तथा संस्थागत विद्यालयहरूमा लाग्दै आएको विद्युत महसुलको समस्या समाधान गर्न माग गर्दै आज नेपाल विद्युत प्राधिकरण धनगढी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

Dadeldhura hospital

अपेन सुदूरपश्चिम प्रदेश संयोजक मोहनराज ओझाको नेतृत्वमा बुझाइएको ज्ञापनपत्र कार्यक्रममा धनगढी क्षेत्रका विभिन्न मोन्टेसरी तथा प्राथमिक विद्यालयका संस्थापक, प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Navadurga sun
Godawari sandesh

ज्ञापनपत्रमार्फत विद्यालयहरूलाई व्यावसायिक उद्योगसरह विद्युत महसुल लगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षा क्षेत्रको संवेदनशीलता र सामाजिक महत्वअनुसार छुट्टै तथा सहुलियतपूर्ण महसुल संरचना लागू गर्न माग गरिएको छ। हालको महसुल दरले विद्यालय सञ्चालनमा आर्थिक बोझ बढाएको भन्दै राहत आवश्यक रहेको उल्लेख गरिएको छ।

अपेन सुदूरपश्चिमले आफ्ना मागहरू सम्बोधन गर्न सम्बन्धित निकायलाई १० दिनको समयसीमा दिएको छ। निर्धारित अवधिभित्र माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने संयोजक ओझाले जानकारी दिएका छन्। साथै, शिक्षा क्षेत्रसँग आबद्ध सरोकारवालाहरूले निजी तथा संस्थागत विद्यालयहरू पनि शैक्षिक सेवाका महत्वपूर्ण अंग भएकाले राज्यले समस्याप्रति संवेदनशील भई आवश्यक नीतिगत पहल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

Loading...