टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

अत्तरिया- कैलालीमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ।

Dadeldhura hospital

प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित समितिमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर धोजराज जोशी र मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।

Navadurga sun
Godawari sandesh

समितिलाई घटनाबारे आवश्यक छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। गत जेठ २९ गते गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीको टेम्पो भिरबाट खसालिएको थियो। घटनामा संलग्न रहेको आरोपमा वनका १२ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Loading...