फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्दै मन्त्री लम्साल, निर्माणलाई तीव्रता दिने प्रतिबद्धता

धनगढी- नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शुक्रबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।

Dadeldhura hospital

परियोजनाको निर्माण प्रक्रियालाई तीव्रता दिने उद्देश्यसहित भएको उक्त भ्रमणका क्रममा मन्त्री लम्सालले परियोजनाको निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिमको खेलकुद, पर्यटन तथा समग्र आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने ‘गेम चेन्जर’ परियोजनाका रूपमा हेरिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेजलाई सफलतापूर्वक अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

यस अवसरमा परियोजनालाई अघि बढाउने विषयमा मन्त्री लम्सालले व्यक्त गर्नुभएको प्रतिबद्धता तथा उहाँको उपस्थितिप्रति सम्बन्धित पक्षले धन्यवाद व्यक्त गरेका छन् ।

Loading...