कैलाली हत्या प्रकरणको सफल अनुसन्धानमा खटिएका सई सुशील चन्दसहित ४ जना पुरस्कृत

धनगढी- कैलालीमा हत्या गरी शव फालिएको घटनाको सफल अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

पुरस्कृत हुनेमा प्रहरी नायब निरीक्षक (सई) सुशील चन्द, प्रहरी सहायक हवल्दार महेशबहादुर चन्द र सन्तोष महरा तथा प्रहरी जवान हर्कबहादुर बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूले घटनाको अनुसन्धानका क्रममा तथ्य तथा प्रमाण संकलनमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कैलारी गाउँपालिका–९ निवासी राजकुमार रानाको शव गत जेठ २४ गते त्रिवेणी घाट क्षेत्रमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट उनलाई कुटपिट गरी हत्या गरिएको र त्यसपछि शव मोहना नदी किनारमा फालिएको खुलेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–८ निवासी ६० वर्षीय बम्मन राना, ५८ वर्षीया भँगु राना तथा उनीहरूकी छोरी गीता रानालाई पक्राउ गरिएको छ। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको जनाउँदै प्रहरीले अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Loading...