

धनगढी- धनगढीबाट करिब ३ लाख रुपैयाँ बराबरका भन्सार छलीका बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ।



जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–७ बेली क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी ३ लाख रुपैयाँ मूल्य बराबरका बोइलर कुखुरा र ती कुखुरा ओसारपसारमा प्रयोग भएका दुई वटा मोटरसाइकल बुधबार बरामद गरिएको हो।


अस्थायी प्रहरी पोस्ट जुगेडा र प्रहरी चौकी कनरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। बरामद कुखुरा तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।