२६ पालिकाले उठाएनन् रासायनिक मल, किसानमा अभावको जोखिम

अत्तरिया- सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये २६ स्थानीय तहले आफूलाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित पालिकाले चासो नदिएपछि मन्त्रालयले तत्काल मल नउठाए कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोमार्फत किसानलाई सिधै बिक्री गरिने चेतावनी दिएको छ।

Dadeldhura hospital

मन्त्रालयका अनुसार डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी, अछाम, कैलाली र कञ्चनपुरका विभिन्न पालिकाले तोकिएको परिमाणको मल उठाएका छैनन्। कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका र धनगढी उपमहानगरपालिकाले हजारौँ किलो मल उठाउन बाँकी छ भने कञ्चनपुरको भीमदत्त र बेदकोट नगरपालिकाले पनि ठूलो परिमाणको मल उठाएका छैनन्।

Navadurga sun
Godawari sandesh

धान रोपाइँको मुख्य सिजन सुरु भइसकेको अवस्थामा मल ढुवानी र वितरणमा भएको ढिलाइले किसान प्रभावित हुने जोखिम बढेको छ। सुदूरपश्चिमका ४३ पालिकामध्ये १७ पालिकाले मात्र मल लगेका छन् भने २६ पालिकाले अझै मल उठाउन सकेका छैनन्। कृषि मन्त्रालयले समयमै मल वितरणको व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गरेको छ।

Loading...