गोदावरी–१० का एकल महिलालाई झुल वितरण गरिने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० कार्यालयले वडाभित्रका एकल महिलाहरूका लागि झुल वितरण कार्यक्रम आयोजना गर्ने भएको छ । वडा कार्यालयले मिति २०८३ जेठ २५ गते एक सूचना जारी गर्दै यस कार्यक्रमबारे जानकारी गराएको हो ।

आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडा कार्यालय मार्फत एकल महिला (असहाय विधवा भत्ता) सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकहरूलाई झुल वितरण गर्न लागिएको व्यहोरा सूचनामा उल्लेख छ ।

Navadurga sun
Godawari sandesh

वडा अध्यक्ष रवीन्द्र शाहीद्वारा हस्ताक्षरित उक्त सूचनामा सम्पूर्ण सरोकारवालाहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सामान बुझिलिन अनुरोध गरिएको छ ।

वितरण कार्यक्रमको विवरण:

Dadeldhura hospital
  • मिति: २०८३ साल जेठ २८ गते

  • समय: बिहान १०:०० बजे देखि

  • स्थान: १० नं. वडा कार्यालय भवन

आवश्यक पर्ने कागजातहरू :

झुल लिन आउँदा सेवाग्राहीहरूले अनिवार्य रूपमा निम्न कागजातका प्रतिलिपिहरू साथमा लिएर आउनुपर्नेछ:

१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. सामाजिक सुरक्षा (शासु) भत्ता प्रमाणपत्रको प्रतिलिपि

Loading...