१२ वर्षदेखि रोकिएको बानेडुंग्रीसैन–सातनाली मोटरेबल पुल निर्माण पुनः सुरु  

हरिश चन्द/डडेल्धुरा २४ जेठ- बानेडुंग्रीसैन–सातनाली मोटरेबल पुल निर्माण कार्य पुन : अघि बढाइएको छ । करिब १२ वर्षदेखि विभिन्न कारणले रोकिएको उक्त पुलको बाँकी कामका लागि छैटौं पटक म्याद थप भएपछि निर्माण प्रक्रिया फेरि सुरु गरिएको हो ।
डोटीको शिखर नगरपालिका वडा नं. १० र ११ जोड्ने सेती नदीमाथिको बानेडुंग्रीसैन–सातनाली पुल निर्माणका लागि छैटौं पटक म्याद थप गरिएको छ । 

पाँच पटक म्याद थप्दा समेत निर्माण कम्पनी पप्पु–राजेन्द्र जेविले हालसम्म २५ प्रतिशत मात्रै काम सम्पन्न गरी छैटौं पटक म्याद थप लिएको हो । सडक डिभिजन कुलपाते डोटीका अनुसार निर्माण कम्पनीका तर्फबाट सार्वजनिक खरिद नियमावली (चौंधौं संशोधन) २०६४ बमोजिम २०८२ जेठ १२ मा म्याद थपका लागि निवेदन दिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुपरीवेक्षणका क्रममा प्रगति नदेखिए सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरीद नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम जुनसुकै बखत ठेक्का अन्त्य गर्न निर्माण व्यवसायीले सहमती जनाउँदै निर्माण सम्बन्धी माइलस्टोन सहित विस्तृत कार्ययोजना पेश भएपछि २०८२ असार ८ गतेको विभागीय निर्णय बमोजिम म्याद थपिएको जनाईएको छ ।

उक्त पुल निर्माण गर्न २०८४ असार २० सम्मको म्याद राखिएको छ । पप्पु–राजेन्द्र जेविका प्रतिनिधिले  फाउन्डेसनमा चट्टान भेटिएको भन्दै मेसिन अभाव र विभिन्न बहानाबाजीले दशकौँसम्म काम ठप्प भएको कम्पनिले जनाएको छ ।आवको समया अबधि भित्र जसरि भएनि काम सम्पन्न गर्ने गरि काम अघिबढेको प्रतिधिको भनाई छ । 

रु.२६ करोड २० लाख बराबरको लागतमा सम्झौता भएको थियो । पुलको निर्माण कार्यले पछिल्लो समय गति लिएको छ । पुल बन्ने भएपछि डडेल्धुरा डोटी, बझाङ र स्थानीयले जोखिमपूर्ण यात्राबाट मुक्ति पाउने भएका छन् ।

Loading...