

दार्चुला- दार्चुलामा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन्।



दार्चुलाको महाकाली नगरपालिका–४ मोहती स्थित सोही नगरपालिका–५ बस्ने ४१ वर्षीय जय सिह ठगुन्नाले सञ्चालन गरेको गोर्खा होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक जय सिह ठगुन्नासहित ७ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।


जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सातै जनालाई नगद १ लाख ६२ हजार ७५० र २ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।