आजको मौसम: केही ठाउँमा वर्षा, तराईमा गर्मी बढ्ने

हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायत हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली देखिएको छ।

आज दिउँसो कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना छ।

Navadurga sun

आज राति पनि कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशीका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...