निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा स्वार निर्वाचित

धनगढी- निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा लक्ष्मणकुमार स्वार अध्यक्ष पदमा निर्वाचित भएका छन्।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार स्वारले १८३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी किशोर ठकुराठी ले ७४ मत प्राप्त गरेका थिए।

Navadurga sun

महासंघको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी १६८ मतसहित विजयी भएका छन्। उपाध्यक्ष पदमा पदम भण्डारी १६० मत र बिक्रम खड्का ९९ मतसहित निर्वाचित भएका छन्।

महासचिवमा खेमराज जोशी १५९ मतसहित विजयी भएका छन्। उपमहासचिव (नीतिगत) मा आङदावा शेर्पा १९२ मत तथा उपमहासचिव (आन्तरिक) मा राजेश गिरि १७० मतसहित निर्वाचित भएका छन्।

त्यसैगरी कोषाध्यक्षमा निर्मल कुमार देउवा १७४ मत र सह–कोषाध्यक्षमा निर्मला सापकोटा १२९ मतसहित विजयी भएका छन्।

सदस्य पदमा दिनेशराज भट्ट, अमरसिंह रावल, राजेश मधिकर्मी, विनोदप्रसाद भट्ट तथा सुनिल कुँवर निर्वाचित भएका छन्।

निर्वाचनमा कुल २६४ मतदाता सहभागी भएका थिए। नयाँ नेतृत्व चयनसँगै महासंघको सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी कार्यकालका लागि जिम्मेवारी सम्हाल्ने भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...