अत्तरिया उद्योग वाणिज्य संघमा निर्वाचन मार्फत नेतृत्व चयन गर्ने सहमति

अत्तरिया- कैलालीको अत्तरियास्थित अत्तरिया उद्योग वाणिज्य संघ मा लामो समयदेखि देखिएको विवाद समाधान गरी संघलाई निकासतर्फ लैजान उद्योगी, व्यापारी तथा व्यवसायीहरूको भेलाले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ।

Dadeldhura hospital

शनिबार सम्पन्न व्यवसायिक भेलाले निर्वाचन प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी गर्ने निष्कर्ष निकालेको हो। संघका अध्यक्ष कल्याण सिंह बोहरा का अनुसार संघको दर्ता नवीकरण प्रक्रिया जेठ २५ गतेदेखि सुरु गरी असार १५ गतेभित्र सम्पन्न गरिनेछ। साथै, २०८३ साल असार २७ गते वार्षिक साधारण सभा तथा असार २८ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय गरिएको छ।

Navadurga sun
Godawari sandesh

उल्लेखनीय रूपमा, संघले २०८० सालमा आयोजना गरेको प्रादेशिक महोत्सवका क्रममा नक्कली ठेली बरामद भएको घटनापछि विवाद चर्किएको थियो।

उक्त घटनापछि संघको नेतृत्वमाथि विभिन्न आरोप लागेका थिए भने कानुनी प्रक्रिया समेत अघि बढाइएको थियो। अब निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरी संघलाई पुनः सक्रिय र व्यवस्थित बनाउने तयारी गरिएको व्यवसायीहरूले बताएका छन्।

Loading...