कैलाली कञ्चनपुरबाट चार जना फरार प्रतिबादी पक्राउ

धनगढी- कैलाली कञ्चनपुरबाट चार जना फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना ६ दिन कैद र १ हजार जरिवाना तोकिएका कैलालीको धनगढी उपमहानगरपालिका–७ बस्ने बिरेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोमबार उनदकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

Dadeldhura hospital

यसैगरी कञ्चनपुरबाट तीन जना फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्तब्य ज्यान मुद्धामा २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना तोकिएको जिल्ला लालझाडी गाउँपालिका–१ बस्ने बर्ष ३३ को प्रशु राना, लागुऔषध चरेश मुद्धामा १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको भीमदत्त नगरपालिका–५ बस्ने ७० वर्षीय पिउठा बोहरा र लागुऔषध खैरो हिरोईन मुद्धामा ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने बर्ष २५ को कमलबहादुर चन्द रहेका छन्।

Navadurga sun
Godawari sandesh

जिल्ला अदालत कञ्चपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जना प्रतिवादीहरुलाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Loading...