कैलालीमा जुवातास खेल्दै गरेका ९ जना नगदसहित पक्राउ

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतबार साँझ जगत धामीको घरमा छापा हानेको थियो।

Navadurga sun

प्रहरीले घरको माथिल्लो तलाको बैठक कोठाबाट जुवातास खेलिरहेको अवस्थामा १ लाख ७९ हजार २० रुपैयाँ नगद, चार गड्डी तास र आठ थान मोबाइल बरामद गरेको छ। घटनास्थलबाट घरधनीसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेती पठाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...