विद्युत् सहकारी संस्थाका प्रतिनिधिबीच १ दिने अन्तरक्रिया तथा छलफल सम्पन्न

अत्तरिया- कैलाली–कञ्चनपुर ग्रामीण विद्युतीकरण छाता संगठनद्वारा आयोजित विद्युत् सहकारी संस्थाका प्रतिनिधिहरूसँगको १ दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

Dadeldhura hospital

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृष्णपुर नगरपालिका २ नं.का वडा अध्यक्ष अर्जुन साउद रहनु भएको थियो । उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा आफुलाई आमन्त्रण गरी न्यानो आतिथ्यता प्रदान गर्नुभएकोमा आयोजक संस्था प्रति हार्दिक आभार व्यक्त गरे ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा विद्युत् सहकारी संस्थाहरूको वर्तमान अवस्था, चुनौती तथा आगामी कार्ययोजनाबारे छलफल भएको जनाइएको छ । सहभागीहरूले आपसी अनुभव आदानप्रदान गर्दै ग्रामीण विद्युतीकरणको प्रभावकारी व्यवस्थापन र सेवा प्रवाहलाई थप सुदृढ बनाउने विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

Loading...