डडेल्धुरामा प्रहरीका लागि सुविधा सम्पन्न भवन बन्दै

हरिश चन्द/ डडेल्धुरा ४ जेठ- जिल्ला प्रहरी कार्यालयका लागि डडेल्धुरामा नयाँ भवन निर्माण सुरु गरिएको छ । नयाँ भवन निर्माणका लागि २०८२ असोजमा २७ सम्झौता भएको थियो । निर्माणको जिम्मा शाही दिब्याज्योती जेभी, डडेल्धुराले पाएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सम्झौता भएको सुरु देखिनै कामले गति लिएको छ । २०८३ पुष मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको डडेल्धुरा प्रहरी प्रमुख नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिनु भयो । तीन तले पक्की भवनमा कार्यालय प्रमुख कक्ष, थुनुवा कक्ष लगायत आवश्यक संरचना रहनेछन् ।

संघीय सरकारको करिब ४ करोड ९६ लाख ५५ हजार लागतमा निर्माण हुन लागेको हो । हाल केही वर्षअघि बनेको पुरानो भवनबाट सेवा सञ्चालन भइरहेको छ ।

नयाँ भवन निर्माणपछि सेवा प्रवाह थप प्रभावकारी र आधुनिक बन्ने अपेक्षा गरिएको छ । हालको साँघुरो संरचनाबाट काम गर्न कठिनाइ भइरहेकाले नयाँ भवनले सेवा सुधारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Loading...