अनलाइनमा गयो राष्ट्रिय किताबखानाको सेवा

काठमाडौं- राष्ट्रिय किताबखाना (निजामती) ले आफ्ना सम्पूर्ण सेवा अब अनलाइनमार्फत उपलब्ध गराउन सुरु गरेको छ। २०८३ साल वैशाख १६ गतेदेखि लागू हुने गरी विभागले डिजिटल इ–सिटरोल प्रणाली कार्यान्वयनमा ल्याएको हो।

प्रतिभा रावलको उपस्थितिमा प्रणाली शुभारम्भ गरिएको हो। उनले किताबखानाको डिजिटाइजेसनलाई सरकारी सेवामा नमुना पहलका रूपमा व्याख्या गर्दै अन्य निकायलाई पनि प्रविधिमैत्री सेवा प्रवाहमा ध्यान दिन आग्रह गरिन्।

Navadurga sun
Godawari sandesh

निजामती कर्मचारीहरूले सेवा लिनका क्रममा भोग्दै आएको झन्झट अन्त्य गर्ने उद्देश्यले इ–सिटरोल प्रणाली लागू गरिएको हो। अब कर्मचारीहरूले कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। सेवामा प्रवेश गरेसँगै कर्मचारीले अनलाइन दर्ता गर्नुपर्नेछ र त्यसपछि उनीहरूको सम्पूर्ण विवरण डिजिटल अभिलेखमा रहनेछ।

Dadeldhura hospital

किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार सरुवा, बढुवा तथा निवृत्तिभरणसम्बन्धी सेवा अब आफ्नै कार्यस्थलबाटै सहज रूपमा लिन सकिनेछ। दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीका लागि यो व्यवस्था विशेष रूपमा उपयोगी हुने उनले बताए।

तलबी प्रतिवेदन पारित गर्न र विवरण अद्यावधिक गर्न इमेलमार्फत प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था गरिएको छ। साथै, पेन्सनसम्बन्धी सेवा पनि सम्बन्धित कार्यालयमार्फत अनलाइन प्रणालीबाटै उपलब्ध हुने भएको छ।

‘पेन्सनर! नो टेन्सन!’ भन्ने नारासहित विभागले फेसलेस, पेपरलेस र पूर्ण स्वचालित सेवा प्रणाली लागू गर्ने लक्ष्य राखेको जनाएको छ। हालसम्म विभागले हजारौँ फाइल र लाखौँ पृष्ठ डिजिटल गरिसकेको छ।

सेवाग्राहीलाई सहज बनाउन विभागको वेबसाइटमा आवश्यक सूचना तथा भिडियो ट्युटोरियलसमेत उपलब्ध गराइएको छ। कुनै समस्या आएमा प्राविधिक सहयोग पनि अनलाइनमार्फत लिन सकिने व्यवस्था गरिएको छ।

Loading...