सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन वैशाख १७ गते आह्वान गर्न सिफारिस

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आगामी अधिवेशन बोलाउन औपचारिक सिफारिस गरेका हुन्।

प्रदेश प्रमुख निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, सरकारको आगामी प्राथमिकता तथा प्रदेशसभाको अधिवेशन आह्वानबारे विस्तृत छलफल भएको जनाइएको छ।

Navadurga sun

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आगामी वैशाख १७ गते बिहीबार अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरेका छन्। अब उक्त सिफारिसअनुसार प्रदेश प्रमुखबाट अधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ।

आगामी अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट तयारी, विकास आयोजना तथा जनसरोकारका विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, सरकारका कामकारबाहीप्रति प्रतिपक्षको धारणा, सुझाव र आलोचनाले पनि अधिवेशनलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...