आजको मौसम: हिमालमा वर्षा/हिमपात, तराईमा गर्मी बढ्ने

नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा फरक–फरक मौसमको अवस्था रहनेछ।

Dadeldhura hospital

दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली देखिनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै, मधेससहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा उपत्यका क्षेत्रमा तापक्रम बढ्नेछ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावना देखिएको छ, जसले जनजीवन प्रभावित पार्न सक्छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Loading...