ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का  क्रममा आज एकैदिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो। 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस क्रममा मापसे गरी सवारीसाधन चलाउने पाँच जना, रातो बत्ती उल्लङ्घन गर्ने दुई र लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९४ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 

उनले भने, ‘मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो। यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्दछ। सवारी चलाउँदा सावधानी अपनाऔँ। अकालमै ज्यान जानबाट जोगिऔँ।’

यदि चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन पनि उनले आग्रह गरे। रासस

Loading...