कञ्चनपुरमा साढे ३ लाखको अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलि गरी ल्याइएका ३ लाख ५ हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

सोमबार भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित क्षेत्रबाट इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun

प्रहरीका अनुसार बरामद गरिएका सामानमा कपडा, हार्डवेयरका सामग्री, मोबाइल कभर तथा किराना सामान रहेका छन्। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...