मुक्त कमैयाको बसोबास समस्या अझै समाधान भएन

लालपुर्जा र रोजगारी माग्दै मुक्त कमैया संघर्षमा

कैलाली- मुक्त कमैया घोषणा भएको करिब २५ वर्ष पुग्न लाग्दा पनि जिल्लाका धेरै मुक्त कमैयाहरू अझै स्थायी बसोबासको अभावमा जीवन बिताइरहेका छन्। परिचयपत्र प्राप्त गरे पनि उनीहरूले आफ्नो नाममा जग्गाधनी पुर्जा (लालपुर्जा) पाउन सकेका छैनन्।

Ganyapdhura gau

घोडाघोडी नगरपालिका–८, आमफाँटा मुक्त कमैया बस्तीका रामलाल चौधरीका अनुसार परिचयपत्र पाए पनि उनका परिवारका सदस्यले अहिलेसम्म जग्गा पाउन सकेका छैनन्। उनका भाइ शिवप्रसाद रोजगारीका लागि भारतमा छन्। उनले राज्यसँग बारम्बार समस्या राख्दा पनि सुनुवाइ नभएको गुनासो गरे।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै, घोडाघोडी नगरपालिका–४, बाटुलीचौरमा २१ घरपरिवार मुक्त कमैयाहरू २०६० सालदेखि अस्थायी शिविरमा बस्दै आएका छन्। शिविरका जुगराम चौधरीले जग्गा वितरणमा आफूहरू छुटेको बताउँदै सरकारले अझैसम्म कुनै ठोस व्यवस्था नगरेको बताए।

मुक्त कमैया बस्तीमा बेरोजगारी अर्को प्रमुख समस्या बनेको छ। स्थानीय स्तरमा कामको अवसर नहुँदा अधिकांश युवाहरू रोजगारीका लागि भारत जान बाध्य छन्। आमफाँटा शिविरकी टीकादेवी चौधरीका अनुसार जोखिमपूर्ण कामका कारण कतिपयले ज्यानसमेत गुमाउने गरेका छन्।

आमफाँटा शिविरमा करिब २०० परिवार बसोबास गर्दै आएका छन् भने घोडाघोडी नगरपालिकाका १२ वटै वडामा मुक्त कमैया बस्ती रहेका छन्। कैलालीमा सबैभन्दा बढी यस्ता शिविर यही क्षेत्रमा रहेका छन्।

मुक्त कमैयाहरूले लालपुर्जासहित स्थायी बसोबासको व्यवस्था गर्न र नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्।

Couple
Loading...