गोदावरी–१० द्वारा खेलकुद, शैक्षिक तथा अन्य सामग्री वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मा आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक बजेट अन्तर्गत विभिन्न सहयोग कार्यक्रम सम्पन्न गरिएको छ। वडा अध्यक्ष श्री रवीन्द्र शाही (गुड्डु) को सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर कार्यपालिका सदस्य ईश्वरी रावल तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।

Ganyapdhura gau
Dadeldhura hospital

कार्यक्रमअन्तर्गत वडाभित्र रहेका विभिन्न युवा क्लबहरूलाई खेलकुद सामग्री वितरण गरिएको छ भने न्यू प्रगति युवा क्लबलाई टेन्टका लागि आवश्यक सामग्री उपलब्ध गराइएको छ । त्यसैगरी, वडाभित्रका गरिब, विपन्न तथा दलित वर्गका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

Navadurga sun
Godawari sandesh

यसै क्रममा गोदावरी नगरपालिका वडा नं. २ स्थित सु.प. समावेशी आधारभूत विद्यालयलाई समेत शैक्षिक सामग्री प्रदान गरिएको छ भने निरङ्कारी सत्सङ्ग मण्डलीलाई कुर्सी लगायतका सामाग्रीहरु सोमबार बितरण गरिएको थियो।

स्थानीय तहको पहलमा सम्पन्न यस्ता कार्यक्रमहरूले समुदायको समग्र विकास तथा सहयोगमा टेवा पुग्ने विश्वास गरिएको छ।

Loading...