अब सेयर कारोबार सातामा ४ दिन मात्रै खुल्ने

काठमाडौं- अब सेयर बजार सातामा ४ दिन मात्रै खुल्ने भएको छ । सरकारले आइतबार पनि सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेसँगै बजार प्रभावित हुने भएको हो । यद्यपि शुक्रबार पनि बजार खोल्ने निर्णय गर्न सकिने नेप्सेका एक उच्च अधिकारीले बताए ।

Ganyapdhura gau

‘सरकारले विदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खोल्न सकिनेबारे सञ्चालक समितिमा छलफल हुनेछ’ ती अधिकारीले भने ‘विगतमा पनि शुक्रबार बजार खोलेर आइतबार बन्द गरिएको उदाहरण छ ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थालाई विदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो । त्यतिबेला शनिबार र आइतबार बजार बन्द गरी सातामा ५ दिन नै सञ्चालन भएको थियो । यद्यपि सरकारले केही सातामै निर्णय फिर्ता गरेपछि शुक्रबारको साटो आइतबार नै कारोबार हुने गरी निर्णय भएको थियो ।

हाल शुक्रबार र शनिबार बजार बन्द रहँदै आएको छ । सरकारको नयाँ निर्णयले तत्काललाई शुक्रबार, शनिबार र आइतबार बजार बन्द हुने भएको हो । शुक्रबार बजार खोल्नका लागि अब नेप्से सञ्चालक समितिले छुट्टै निर्णय गर्नुपर्नेछ ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण शनिबारसँगै आइतबार पनि सरकारी संस्था विदा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

Couple
Loading...