पेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो।

Dadeldhura hospital

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ। नयाँ मूल्य अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।

Navadurga sun
Godawari sandesh

यस्तै, दोस्रो वर्ग अन्तर्गत रहेका दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ तथा डिजेल–मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ। पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा तोकिएको निगमले जनाएको छ।

निगमका अनुसार अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रभावले पेट्रोलियम पदार्थको मूल्य बढाउन बाध्य भएको हो। निगमले यसबाट आम उपभोक्तामा पर्ने असरप्रति आफू सचेत र संवेदनशील रहेको पनि जनाएको छ।

Loading...