चितवन–२ बाट रबी लामिछाने निर्वाचित

चितवन, २३, फागुन- रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

Dadeldhura hospital

उनका निकटतम प्रतिस्पर्धी मीना कुमारी खरेल (नेपाली कांग्रेस) ले १४ हजार ५६४ मत प्राप्त गरिन्। त्यस्तै असिम घिमिरे (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) का उम्मेदवारले ६ हजार १९२ मत प्राप्त गरेका छन्।

Navadurga sun
Godawari sandesh

लामिछानेले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पछि पार्दै चितवन–२ मा पुनः आफ्नो विजय दोहोर्याएका हुन्।

Loading...