अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

अत्तरिया– कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसले श्रीमद् भागवत ज्ञान महायज्ञ तथा धान्याञ्चल आयोजना गर्ने भएको छ।

महायज्ञ माघ २६ गतेदेखि फागुन ३ गतेसम्म संस्थाको कार्यालय रहेको प्राङ्गणमा सञ्चालन हुने संस्थाकी अध्यक्ष जानकी मलासीले जानकारी दिइन्। महायज्ञका बारेमा जानकारी दिन आज संस्थाकै परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

Navadurga sun
Godawari sandesh

पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका संयोजक पदमराज जोशीले सेभ हाउसमा आश्रित बालबालिकाको संरक्षण तथा संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको बताए।

संस्थाका संरक्षक डा. नरबहादुर मौनीले संस्था सञ्चालन गर्न आर्थिक कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै सोही कारण महायज्ञको योजना बनाइएको बताए। उनले महायज्ञलाई सफल बनाउन सबै धर्मप्रेमी तथा सहयोगी हातहरूलाई साथ दिन आग्रह समेत गरे।

Dadeldhura hospital

महायज्ञको अवसरमा माघ २६ गते शोभा (कलश) यात्रा निकालिनेछ। यस्तै माघ २७ गतेदेखि फागुन ३ गतेसम्म पूजा–पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिंगारिक महाआरती आयोजना हुने आयोजकले जनाएको छ।

कार्यक्रमअनुसार बिहान ७ देखि ११ बजेसम्म पूजा–पाठ पारायण दिउँसो संगितमय झाँकीसहित कथा प्रवचन साँझ ६ देखि ७ बजेसम्म महाआरती राति ७ देखि ९ बजेसम्म महात्म्य कथा झाँकी महायज्ञमा नेपालकै चर्चित कथा वाचिका पूज्या देवी सुमि मानवसहित उनको समूहले कथा प्रवचन गर्नेछन्।

यस्तै, मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन्। महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाह लगायतका धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ। महायज्ञ सफल पार्न ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

समितिको संयोजकमा धार्मिक व्यक्तित्व पदमराज जोशी रहेका छन् भने तयारीका लागि विभिन्न उप–समिति पनि गठन गरिएको आयोजकले जनाएको छ।

हाल उक्त सेभ हाउसमा ४० भन्दा बढी अनाथ तथा असहाय बालबालिका आश्रित रहेका छन्। संस्थाको आफ्नै भवन नभएकाले हाल पद्मा अस्पतालले उपलब्ध गराएको भवनमा संस्था सञ्चालन हुँदै आएको छ।

Loading...