श्रम संस्कृतिको सन्देश लिएर हर्क साम्पाङ डडेल्धुरा पुग्दै

डडेल्धुरा- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा धरान उप-महानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आउने भएका छन् । आगामी माघ ७ गते श्रम संस्कृति पार्टीले डडेल्धुरा बसपार्कमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित भेलालाई सम्बोधन गर्न उनी डडेल्धुरा आउन लागेका हुन् ।

श्रम संस्कृति पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज महेन्द्र पुनका अनुसार पार्टीको संगठन विस्तार तथा आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न उक्त भेला आयोजना गर्न लागिएको हो । भेलामा अध्यक्ष साम्पाङले श्रम संस्कृतिको अवधारणा, वैकल्पिक राजनीतिक सोच तथा समसामयिक राजनीतिक अवस्थाबारे आफ्ना धारणा राख्ने कार्यक्रम रहेको पुनले जानकारी दिए।

Navadurga sun

उनका अनुसार डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । धरान उपमहानगरपालिकामा श्रमदान र नागरिक सहभागितामूलक कामका कारण राष्ट्रिय स्तरमै चर्चामा रहेका साम्पाङको डडेल्धुरा आगमनलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ । नेता साम्पाङको उपस्थितिले सुदूरपश्चिम प्रदेशमा श्रम संस्कृति पार्टीको राजनीतिक गतिविधि थप सक्रिय हुने पार्टी नेताहरूको विश्वास छ । कार्यक्रम सफल पार्न पार्टीले तयारी तीव्र पारेको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...