टीकापुरबाट अवैध काठ बरामद

धनगढी- टीकापुरबाट अवैध काठ बरामद गरिएको छ। कैलालीको टीकापुर नगरपालिका-५ सिम्रेनी स्थित भित्रि सडक खण्डबाट प्रहरीले अवैध काठ मंगलवार बरामद गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

नम्बर पिलेट स्पष्ट नदेखिने सोनालिका डी एल ७४५ थ्री कम्पनिको ट्याक्टरको ट्रालीमा लोड गरी राखेको सिमल काठको गोलिया १३ थान (८७.५४ क्यूफिट) र भिल्लरको काठको गोलिया ४ थान (१७.९४ क्यू फिट) गरी जम्मा अन्दाजी ३१ हजार छ सय चवालिस बराबरको काठ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

Navadurga sun
Godawari sandesh

उक्त ट्राली, काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर, कैलालीमा बुझाएको प्रहरीले जनाएको छ ।

Couple
Loading...